अत्तरिया : स्टिमसिल फाउन्डेसन अष्ट्रेलियाले कैलालीको गोदावरी नगरपालिका –२ मा रहेको नेक्सु कोर्नर र गोदावरी बाल आविष्कार केन्द्रलाई स्टिम सामाग्री सहयोग गरेको छ ।
फाउण्डेसनले सहयोग स्वरुप ५ लाख बराबरको स्टिम सिकाई सामग्री, रनलाईन्स, सेन्सर, दुई थान ल्यापटप, एक टेलो डिजेआई ड्रोन लगायतका सामग्री सहयोग गरेको हो । उक्त स्टिमसिल फाउन्डेसन अष्ट्रेलियामा अध्यक्ष डा. पंगु चू र उपाध्यक्ष डा. मिरो कोस्टेकी रहेका छन् ।
सहयोगमा एतडउ पाउने नेक्सु कोर्नर र गोदावरी बाल आविष्कार क्लवले समाजमा घटिरहेका समस्याहरुलाई नयाँ प्रविधिबाट कसरी सामाधान गर्न सकिन्छ भन्ने बिषयमा काम गर्दै आइरहेका छन ।
नेक्सु कोर्नरमा १८/१९ बर्ष उमेरका युवाहरु मिलेर खोलेको एउटा क्लब हो । उक्त क्लबमा सूर्य बहादुर थापा, जेनुल सिद्दिकी र अपेक्षा कुवरको टीम रहेको छ । त्यस्तै गोदावरी बाल आविष्कार केन्द्रमा किरण भट्ट, सूर्य बहादुर थापा, जेनुल सिद्दिकी र अपेक्षा कुवर रहेका छन् ।
यी क्लबले विद्यालयहरुमा गएर एक दमै कम भन्दा कम सेवा शुल्कमा प्रविधिका कक्षाहरु सञ्चालन गर्दै आएका छन ।
नेक्सु कोर्नरले अत्तरिया, स्याउले, गेटा स्थित विभिन्न विद्यालयका विद्यार्थीलाई नयाँ प्रविधिको बारेमा प्रशिक्षणहरु पनि दिदै आएको छ ।