धनगढीः राष्ट्रिय युवा संघ नेपालको धनगढी नगर अध्यक्षमा अभिषेक नाथ सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न राष्ट्रिय युवा संघको नगर अधिवेशनबाट नाथ अध्यक्षमा सर्वसम्मत भएका हुन् ।
उनी यसअघि युवा संघको नगर संयोजक थिए । अन्य पदाधिकारी र सदस्यहरु पनि सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा रुद्र आग्री, सचिवमा रामबहादुर सिंह, कोषाध्यक्षमा श्रीया सिंह, उपसचिवमा सञ्जय चापागाई र आयुष ओली चयन भएका छन् ।
अधिवेशनबाट कार्य समितिका ३७ जना सदस्य पनि सर्वसम्मत चयन भएका छन् । १० प्रतिशत सदस्यलाई भने बैठकबाट मनोनित गर्ने जनाइएको छ ।
पदाधिकारी तथा सदस्यहरुले मङ्गलवार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवंम् कैलाली इन्चार्ज अरुण कुँवरले उनीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।