कैलाली–५ को एमाले प्रचारप्रसार समिति संयोजकमा देवकोटा र सचिवमा ढुङ्गाना

धनगढी : नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ५ मा प्रचारप्रसार समिति गठन गरेको छ ।

पार्टीको केन्द्रीय अनुशासन आयोगका सदस्य दिपक देवकोटाको संयोजकत्वमा प्रचारप्रसार समिति चयन गरिएको एमालेले जनाएको छ ।

समितिको सचिवमा एमालेका प्रदेश कमिटि सदस्य यज्ञराज ढुङ्गाना चयन भएका छन् ।

उक्त समितिले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर क्षेत्र नम्बर ५ मा प्रचारप्रसारका काम गर्ने जिम्मेवारी पाएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.