बैतडीको निङ्गलाशैनी मन्दिरमा साढे ७ सय पशुको बलि

बैतडी : बैतडीको देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरमा साढे ७ सय पशुको बली दिइएको छ । चैते दशैँको अवसरमा बुधबार लागेको मेलामा राँगा र बोकाको बलि दिइएको हो ।

जात्रामा २ सय ५० राँगा र ५ सय बोकाको बलि दिइएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताएका छन । मन्दिरमा चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा भइरहेको थियो ।

निङ्गलाशैनी भगवती मन्दिरमा चैत शुक्ल अष्टमीका दिन पशु बलिसहित जात्रा हुने गरेको छ । सप्तमीका दिन राँगा बाँध्ने र अष्टमीका पशुबलि दिने चलन रही आएको हो ।

निङ्गलाशैनी भगवती मन्दिरमा बर्षमा ४ पटक जात्रा लाग्ने गरेको बताइएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.