अत्तरियामा भूमि विहिन संघर्ष समितिको विरोध प्रदर्शन

अत्तरिया : कैलालीको अत्तरियामा सुदूरपश्चिम भूमि विहिन संघर्ष समितिको ऐक्यवद्धतायुक्त विरोध प्रदर्शन गरिएको छ । आज (बिहीबार) भूमि विहिन संघर्ष समितिले नारा जुलुस गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

गोदावरी-३ चौकिडाँडाँबाट शुरु गरिएको विरोध प्रदर्शन गोदावरी नगरपालिका कार्यालय अगाडी नारा जुलुस गर्दै अत्तरिया चोकमा पुगेको थियो । भूमि विहिनको व्यवस्था कायम गर, दलित,जनजाती,बाढी पिडित,भुकम्पपिडित,लगाएतका सम्पुर्ण भूमि विहिनहरुको प्रत्याभुती गर, कित कानुन खारेज गर,होईन भने लागु गर लगायतका माग रहेका छन् ।

सुदूरपश्चिम भूमि विहिन सघर्ष मुलसमितिका अध्यक्ष धन बहादुर मोरले गोदावरी नगरपालिकाका नगरप्रमुखलाई भेटेर आफ्ना मागहरु राखेको बताउदै सुदुरपश्चिमका मुख्यमन्त्रीलाई पनि भेटेर आफ्ना मागहरु राख्ने बताए । उनले आफुहरुको व्यवस्था नगरेको खण्डमा जबरजस्ती बस्ने र केही भएको खण्डमा सरकारले जिम्मा लिनुपर्ने भन्दै आफु सहिद हुन तयार रहेको पनि बताए ।

सुदुरपश्चिम लगायत अन्य प्रदेशका जिल्लाहरुबाट करिब ६ सय जना भुमि बिहिन रहेका छन भने अझै संख्या बढ्ने सम्भावना रहेको मुलसमितिका अध्यक्ष मोरले बताए । उनले सरकाले छानबिन गर्ला तर आफुहरुले पनि छानविन गर्ने र त्यसै रोडमा नआउने बताए । उनले यहि फागुनको १९ गते सुदुरपश्चिमका मुख्यमन्त्री र भुमि आयोगलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताए ।

संघर्ष समितीका संयोजक लोकेन्द्र बहादुर रसाईलीले चुनाव जिताएर पठाएका नेताहरुले आफुहरुको व्यवस्था गर्नुपर्ने बताए । उनले सबै भूमिहिनले साथदिएमा ८ दिन भित्र ठाउँमा बसाल्ने जिम्मा लिन तयार रहेको भन्दै आश्वासन दिलाए ।

त्यस्तै सदस्य खगेन्द्र ताम्राकारले भूमि विहिनलाई भूमि संगै गासबास कपासको व्यवस्था गरिनुपर्ने आफूहरुको माग रहेको बताए । उनले कुनै पनि ठाउँमा भूमि नभएकाहरुले जग्गा उपलब्ध हुनुपर्ने माग गर्दै आन्दोलन गरेको बताए ।

‘सुव्यवस्थित आवास हाम्रो अधिकार, भुमि विहिनको प्रत्याभुति गर सरकार’ भन्दै उनीहरुले ‘भूमिहिनहरुका लागि कानुन बनाईयो,कानुन बनेपछि जमिन चाहियो,ररर भूमिहिनहरुको भुईमा सुत्न रहर होईन बाध्यता हो, सम्पुर्ण भूमिहिनहरुको समस्या सामाधान गर’ लगायतका नारा लेखिएका पम्पलेटहरु बोकेका थिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.