अत्तरिया : सामुदायिक वन उपभोक्ता महासंघ नेपाल चुरे गाउँपालिकाको अध्यक्षमा करन साउद सर्वसम्मत चयन भएका छन् ।
महासंघको आइतबार चुरे गाउँपालिकाको सभाहलमा सम्पन्न भएको दोश्रो गाउँ अधिवेशनले साउँदको नेतृत्वमा ११ सदस्यीय चुरे गाउँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा डम्वरी खत्री, सचिवमा निर्मला रावत र कोषाध्यक्षमा सिर्जना दाहाल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा जयन्ती बुढाथोकी, डम्वरी खत्री, टिकाराम कार्की, हर्क बहादुर दमाई, भिम साउँद, दिलसरी गुरुङ्ग, वसन्ती बोहरा र राम बहादुर तारामी चयन भएका छन् ।
चुरे गाउँपालिका महासंघको दोस्रो गाउँ अधिवेशनका संयोजक नेत्र प्रसाद खनालको अध्यक्षतामा बसेको निर्वाचन समितिमा सदस्य कर्ण रावल र सुरज परियार रहेका थिए ।