बझाङमा एक मजदुरको हत्या

बझाङ : बझाङमा एक मजदुरको हत्या गरिएको छ । जाजरकोट, भेरी नगरपालिका ४ घर भइ छबिसपाथिभेरा ४ ब्याँसीमा सडकमा मजदुर काम गर्दै आएका ५२ वर्षीय गोपाल विकको मंगलबार राति हत्या गरिएको प्रहरीले जनाएको छ ।

विकको सोही ठाउँका उदिप भन्ने रोहन सुनारले मदिरा सेवन गरी सामान्य विवादका क्रममा हत्या गरेको बझाङ प्रहरी प्रमुख तथा डीएसपी जागेश्वर भण्डारीले बताए । हत्यापछि गोपालको शव झाडीभित्र लुकाएर रोहन फरार रहेका थिए ।

मृतक गोपाल विक र हत्यारा रोहन सुनार दुवै जान बुधबार बिहान अनुपस्थित भएपछि अन्य मजदुरले उनीहरूको खोजी सुरु गरेका थिए । घटनास्थल ब्याँसी भन्ने ठाउँमा रगत देखिएपछि खोजीका क्रममा शव झाडीभित्र भेटिएको थियो ।

बुधबार बिहानैदेखि फरार सुनारलाई प्रहरीले खबर पाउनासाथ खोजी सुरु गरेको र बसमा भाग्दै गर्दा केदारस्युँको रोयलबाट पक्राउ गरिएको डिएसपी भण्डारीले बताए । पक्राउ परेका सुनारलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.