अत्तरिया उद्योग वाणिज्य संघको कामकारबाही रोक्का गर्नुपर्ने भन्दै उजुरी

अत्तरिया : कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघको काम कारबाही रोक्का गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । स्थानिय सरोकारवाला व्यवसायीहरुले संघले निति नियम विपरित कार्य गर्दै आईरहेकाले संघको कामकारबाही रोक्का गर्नुपर्ने माग गर्दै उजुरी दिएका हुन् ।

प्रमुख जिल्ला अधिकारीलाई दिईएको उक्त उजुरीमा २०७५ सालमा निर्वाचित समितिले पदावधी सकिएपनि संघको विधिविधान विपरित कामकारबाही गरिरहेकाले उक्त समितिले गर्ने कुनै पनि कामकारबाही यथासिद्ध रोक्का गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

२०७५ साल असोज १२ गते संघको नयाँ कार्यसमिति निर्वाचित भएको थियो । संघको विद्यान अनुसार उक्त समितिको कार्यअवधी २ वर्षको हुने भएपनि हालसम्म पनि सोही कार्यसमितिले संघको कामकारबाही गर्दै आएको छ ।

२ वर्षको कार्यअवधी भएपनि ४ वर्ष भन्दा बढी समय भैसक्दा समेत उक्त समितिले हाल सम्म संघको नियम तथा निति विपरित वार्षिक साधारण सभा नराखेको उजुरी पत्रमा भनिएको छ ।

त्यसका साथै संस्थाको आर्थिक कारोवारको बार्षिक नविकरण नगरेको, हाल सम्म ४ पटक बार्षिक महोत्सवमा आम्दानी भएको रकमको हिसाव किताव तथा लेखा जोखा स्पष्ट नराखेको तथा उक्त कार्यालयमा काम गर्ने कर्मचारी गत जेठमा सम्पन्न स्थानिय तहको निर्वाचनमा निर्वाचित भई हाल सम्म पनि निजले नै दोहोरो कार्य गरिरहेको उजुरीमा उल्लेख गरिएको छ ।

उल्लेखित विषय वस्तुमाथी छानविन गरी कानुन विपरित भएको कार्य समितिलाई तत्काल खारेज गर्नका लागि पहल गरी समितिले गरेका कुनै पनि नयाँ काम कारवाहीलाई यथासिद्ध रोक्का गर्न उजुरीमा आग्रह गरिएको छ ।

Godawari_Tato hawa_Lu
Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.