बैतडीमा नौ महिनामा ७४ जना हराए

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीमा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ७४ जना बेपत्ता भएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म ४७ महिलासहित ७४ जना बेपत्ता भएका हुन् ।

बेपत्ता भएका ४७ महिलामध्ये ३० जना फेला परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । यस्तै १८ बालिका बेपत्ता भएकामा सात र चार बालक बेपत्ता भएकामा तीन जना फेला परेको बताइएको छ ।

साथै पाँच पुरुष बेपत्ता भएकामा एक पुरुष मात्रै फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेको प्रहरी निरीक्षक खत्रीको भनाइ छ ।

हराउने बेला प्रहरीलाई खबर गर्ने गरिए पनि धेरै जना भेटिएपछि प्रहरीमा खबर नगरिएको प्रहरीले जनाएको छ । हराएकाको अझै पनि जिल्लास्थित मातहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्बिरसहित पत्राचार गरिएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सीमा नाकामा पनि कडाइ गरिएको छ । रासस

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.