अत्तरिया : कैलालीमा आइतबार भएको जिप दुर्घटनामा घाईते भएका एक जनाको मृत्यु भएको छ ।
आईतबार सु.प. प्र. ०१००१ ज १४२३ नम्बरबको जिप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठकुन्नाको सेती प्रदेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यलय अत्तरियाले जनाएको छ ।
मेलकट्टेश्वर मावि चुरे–६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसईई परीक्षामा सम्मिलित भई घर फर्कने क्रममा जिप दुर्घटनामा परेर निधन भएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा १७ वर्षीय हरिश धामी, १८ वर्षीया सरस्वती र १६ वर्षीय प्रकाश धामी परि घाइते भएका छन । घाइतेहरूको पदमा अस्पतालमा उपचार भइरहेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यलय अत्तरियाका अनुसार घाइतेहरू पनि एसईई दिइएर घर फकिरहेका मेलकट्टेश्वर माविकै विद्यार्थी हुन् ।
जिपको स्टेरिङ्ग कन्ट्रोल गर्न नसक्दा नालिमा ठोक्किएर गाडि दुर्घटना भएको खुलेको छ । गाडि चालक नरसिँ धामीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।