अत्तरिया : कैलालीको मालाखेती अस्पतालमा बच्चा सहित एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । आज बिहान गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको अस्पतालमा सोहि नगरपालिका वडा नम्बर २ अत्तरिया बस्दै आएकी २८ बर्षिया लक्ष्मी भट्टराईको मृत्यु भएको हो ।
मृतककी बहिनि धर्मा भट्टराईले यहि चैत्र १८ गते सुत्केरी हुने मिति भएपनि हिजो सम्म नभएपछि २६ गते अस्पतालमा लगिएको बताईन् । उनले अस्पतालमा ल्याएर डाक्टरले ब्यथा लाग्ने औषधि लगाएको बताईन् । उनले डाक्टरहरुले नर्मल छ भन्दै मतलब नगरेकाले समयमै उपचार नहुँदा आफ्नो दिदिको मृत्यु भएको बताईन ।
बिहानदेखी नर्सहरुले अक्सिजन चढाएको र सुत्केरीलाई ज्वरो आउने र सास फेर्न अफ्ठ्यारो हुने भएपछि मात्रै अलिकती ध्यान दिएको बताईन । उनले अफ्ठ्यारो भए धनगढी लैजान्छौ भनेर भनेको तर नर्सहरुले नर्मल रहेको बताएको उनले भनिन । उनले बच्चा पनि मरेको निकालिएको बताईन ।
यता अस्पतालका प्रमुख डाक्टर अन्वेश कोईरालाले भने बच्चा जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको बताएका छन । उनले विरामीको अन्य सबै कुरा नर्मल भएको र विहान अचानक नै उक्त समस्या आएको र उक्त समस्याकै कारण विरामीको मृत्यु दाबी गरे ।
अस्पतालले केही दिन अगाडी मात्रै एक जना सुत्केरीको सफल शल्यक्रिया गरेको थियो । तर अप्रेशन सेवा सुरु भएको केही दिनमै अस्पतालमा नर्मल भनिएकी सुत्केरी र बच्चाको मृत्युले स्थानियमा आशंका उब्जाएको छ ।
पीडित परिवारले अस्पतालको गम्भीर लापरबाहीले मृत्यु भएको भन्दै अहिले चर्को बिरोध गरिरहेका छन् ।
हेर्नुहोस् भिडियो