सुदूरपश्चिमका थप पाँच क्याम्पसलाई विश्वविद्यालयकोे आंगिक क्याम्पस बनाउने निर्णय

धनगढीः सुदूरपश्चिमका पाँच क्याम्पस विश्वविद्यालयकोे आंगिक क्याम्पस बन्ने भएका छन् । विश्वविद्यालय सभाले यहाँका पाँच क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष बिष्टले बताए ।

उनका अनुसार बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त बुहुमखी क्याम्पस, बझाङको दिप बहुमुखी क्याम्पस, बझाङकै सुनकुडा बहुमुखी क्याम्पस र कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई आंगिक बनाउने निर्णय भएको छ ।

आंगिक क्याम्पस बनाउने निर्णय भएका क्याम्पसहरुमा अब विश्वविद्यालय अनुदान आयोगसंगै शिक्षा र अर्थ मन्त्रालयमार्फत दरबन्दी स्वीकृतीका लागि प्रक्रिया अघि बढ्ने बताइएको छ । यसअघि सुदूरपश्चिमका १५ सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पस बनाइएको थियो ।

विश्वविद्यालयले इन्जिनियरिङसँगै कृषि, कानुनलगायतका विषयमा समेत अध्यापन गराउँदै आएको छ । डडेलधुरामा मेडिकल कलेज सञ्चालनका लागि पनि डिन नियुक्तिसँगै भौतिक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाएको छ ।

सेमेस्टर प्रणालीमा पठनपाठन सञ्चालन गरिरहेको विश्वविद्यालयले वन विज्ञान पढाउने तयारी पनि गरिरहेको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सभाले सबै भन्दा पहिले २०६९ सालमा कैलाली बहुमुखी क्याम्पस र बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय पारित गर्दै स्वीकृतिका लागि विश्वविद्यालय अनुदान आयोगमा पठाएको थियो ।

२०६८ मा स्थापना भएको विश्वविद्यालयले २०७१ देखि शैक्षिक कार्यक्रमहरू अघि बढाएको हो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.