भाई ग्याङले अत्तरियामा सुप तिहार फेस्ट ईभेन्ट गर्ने

अत्तरिया : कैलालीको अत्तरियामा तिहार फेस्ट लाइभ इभेन्टको आयोजना हुने भएको छ । तिहारको अवसरमा भाई ग्याङले कार्तिक ६ गते तिहार फेस्ट लाइभ इभेन्टको आयोजना गर्ने भएको हो ।

राष्ट्रिय स्तरका र्यापरहरुको सहभागितामा इभेन्टको आयोजना गर्न लागेको आयोजक भाई ग्याङले जनाएको छ । इभेन्टमा भाईबर साइमन, कुल ब्वाई, एभि द गोट लगायतका राष्ट्रिय तथा स्थानीय र्यापरका साथै अन्य कलाकारले प्रस्तुती दिने भाई ग्याङका अध्यक्ष आशिष धामीले बताए ।

अत्तरियाको नमस्ते पार्टी प्यालेसमा हुने इभेन्टमा करिब ५ सय दर्शकको सहभागिता रहने छ भने उक्त कार्यक्रम दिउसो १२ बजेबाट साँझ ६ बजे सम्म गरिने भाई ग्याङका अध्यक्ष धामीले जानकारी दिए ।

उनले आफूहरुले अत्तरियामा पहिलो पटक युवाहरुलाई समेटेर यस्तो कार्यक्रमको आयोजना गरेको बताए । अध्यक्ष धामीले आगामी दिनमा भाई ग्याङ मार्फत बिभिन्न सामाजिक कार्य गर्ने योजना समेत रहेको बताएका छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.