घर फर्किन लागेका चार जना नेपाली बाटोमै लुटिए

कञ्चनपुर : नयाँ वर्ष अर्थात बिषु पर्व मनाउन घर फर्किरहेका चार जना नेपाली कामदार भारतमै लुटिएका छन् । सोमबार हल्द्वानीबाट घर फर्किन लागेका सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ताराबहादुर मगर, मिलन राजी, लालबहादुर नेपाली र केशर वली रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुबाट ४५ हजार भारु र चार थान मोबाइल लुटिएकोे छ । कालापहाडमा मजदुरी गरेर घर फर्किन लागेका उनीहरुलाई भारत उत्तराखण्डको हल्द्वानीमा चिसो पेय पदार्थमा नशालु पदार्थ खुवाएर बेहोस बनाइ लुटिएको हो ।

Godawari_Tato hawa_Lu

हल्द्वानीबाट बनबासा आउने बसमा एक महिलाले चिसो पेय पदार्थ पिउन दिएको पीडितहरुले बताए । उक्त पेय पदार्थ पिएपछि चारैजना बेहोस भएका थिए ।

‘चारै जना सीमा क्षेत्रमा बेहोस अवस्थामा भेटिएका हुन्,’ इलाका प्रहरी कार्यालय गड्डाचौकीका सई देवसिंह बुडालले भने, ‘सबैजना रित्तो हात नाकामा पुगेका थिए ।’

उनीहरुलाई प्रहरीले उद्धार गरेर महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरेको हो । अस्पतालमा उपचारपछि मंगलबार निको भएर उनिहरु घरतर्फ लागेका छन् ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.