दार्चुलामा किशोर किशोरी मृत भेटिए

दार्चुला : दार्चुलामा‌ किशोर किशोरी मृत अवस्थामा फेला परेका छन् ‌। भिरमा अड्किएको अवस्थामा अन्दाजी २३/२४ बर्षका किशोर र किशोरीको शव परेको प्रहरीले जनाएको छ ।

जिल्लाको नौगाड गाउँपालिका–५ बासिडाँडाको भिरमा बिहीबार उनिहरुको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) तर्कराज पाण्डेले नौगाड गाउँपालिका–४ बस्ने अन्दाजी १७ वर्षीया सञ्जिला धामी र लोकेन्द्र ठगुन्ना भिरमा मृत अवस्थामा भेटिएको बताए ।

डीएसपी पाण्डेका अनुसार उनीहरु नौगाड गाउँपालिका–५मा बिसु पर्वको अवसरमा लाग्ने मेला हेर्न घरबाट २९ चैतमा निस्किएको बुझिएको छ ।

उनीहरुले प्रयोग गर्ने मोबाइल घटनास्थल नजिकै भेटिएका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको डीएसपी पाण्डेले जानकारी दिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.