अत्तरिया बसपार्कमा सांगितिक उत्सवको आयोजना

अत्तरिया : कैलालीको अत्तरिया बसपार्कमा नयाँ वर्षको अवसरमा सांगितिक उत्सवको आयोजना गरिएको छ ।

अत्तरियामा रहेको क्युरिक्स डान्स स्टुडियो र जन्मथली मञ्च सुदूरपश्चिमले संयुक्त रुपमा नव वर्ष सांगितिक उत्सव २०८० आयोजना गरेका हुन ।

Godawari_Tato hawa_Lu

कार्यक्रममा स्थानिय कलाकारहरुका साथै राष्ट्रियस्तरका कलाकारहरुले समेत आफ्ना प्रस्तुतीहरु राखेका थिए ।

उक्त सांगितिक महोत्सवमा चर्चित कलाकार चक्र बम, सुरेश चोखाल लगायतले सांगितिक प्रस्तुतीहरु राखेका थिए भने नृत्य कलाकार तथा निर्देशक हरिश विक्रम खडायत,विशाल ओझा लगायत क्युरिक्स डान्स स्टुडियोका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको संचालन चर्चित उद्घोषक केपी कलौनीले गरेका थिए । केही समय अगाडी मात्रै जन्मथली मञ्च दर्ता गरिएको थियो ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.