सेती अस्पतालमा एक कोरोना संक्रमित बिरामीको मृत्यु

धनगढी : कोरोना संक्रमित बढिरहेको बेला सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

मुटुको बिरामी समेत रहेकी उनलाई गत चैत २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.