बझाङका एक शिक्षकको तनहुँमा करेन्ट लागेर मृत्यु

तनहुँ : बझाङका एक शिक्षकको तनहुँमा करेन्ट लागेर मृत्यु भएको छ । बझाङको तलकोट गाउँपालिका–२ का २७ वर्षीय जीवन रोकायाको करेन्ट लागेर मृत्यु भएको हो ।

तनहुँको घिरिङ गाउँपालिका–२ मा आइतबार दिउँसो करेन्ट लागेर रोकायासँगै लमजुङको मध्यनेपाल नगरपालिका–७ का ५० वर्षीय तीर्थ घिमिरे घाइते भएका थिए ।

विद्यालय छुट्टि भएर घर जाने क्रममा ग १३ प ७०९ नम्बरको मोटरसाइकलमा सवार दुवै जना सडक छेउमा लत्रिएको थ्रीफेजको लाइनको तार छुन गई करेन्ट लाग्दा घाइते भएको तनहुँ प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका दुवै शिक्षकलाई उपचारका लागि पोखरा पठाइएको रोकायाको उपचारकै क्रममा पोखरामा मृत्यु भएको छ । अर्का घाइते शिक्षक घिमिरेको उपचार भइरेहेको छ । रोकाया तनहुँको पार्वती आधारभूत विद्यालयमा कार्यरत थिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.