बैतडीमा बाख्रा चराउन गएकी बालिका मृत फेला

बैतडी : जिल्लामा आज बिहान सात वर्षीया एक बालिका मृत फेला परेकी छिन् ।

मृत फेला पर्नेमा जिल्लाको पाटन नगरपालिका-४ पलेटाका रामबहादुर चन्दकी ७ वर्षीया छोरी ललिता चन्द रहेकी बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

हिजो दिउँसो बाख्रा चराउन गएकी ललिता घर नफर्केपछि खोजतलास गर्दा आज बिहान मगरौखोलामा मृत फेला परेकी हुन् । ललिताको मृत्युको कारण खुलेको छैन ।

प्रहरीको टोली घटनास्थल पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.