बाजुरामा ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प

बाजुरा : बाजुराको बडिमालिकामा केन्द्रबिन्दु बनाएर सोमबार दिउसो ४ बजेर १ मिनेटमा भूकम्प गएको छ ।

नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

गत माघ १० गतेपछि बाजुरामा पटक–पटक भूकम्प गइरहेको छ। ती भूकम्पबाट प्रभावित बनेकाहरूको व्यवस्थापन भने अझै हुन सकेको छैन । उनीहरू त्रसित छन् ।

सुदूरपश्चिम प्रदेशमा ७ महिनामा चार रेक्टर स्केलभन्दा माथिका १० वटा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले बताएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.