गोदावरीमा ८ को परिक्षामा ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण

धुर्ब ओझा\अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा पनि आईतबार कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । नगरको शिक्षा युवा तथा खेलकुद शाखाले सार्वजनिक गरेको नतिजा अनुसार परिक्षामा सहभागी जम्मा २ हजार ६४३ परिक्षार्थी मध्ये ९५.३४ प्रतिशत उत्तीर्ण भएका छन् ।

सामुदायिक बिद्यालयका १ हजार ६७३ जना परिक्षार्थी मध्ये १ हजार ५५८ जना (९३.१२ प्रतिशत) परिक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै संस्थागत बिद्यालयका ९७० जना परिक्षार्थी मध्ये ९४२ जना (९७.११ प्रतिशत) परिक्षार्थीहरु उत्तीर्ण भएका हुन् ।

१ हजार ६ सय ७३ जना समुदायिक र ९७० जना संस्थागत गरी जम्मा २ हजार ६४३ बिद्यार्थी मध्ये १२३ जना (४.६५ प्रतिशत) बिद्यार्थी परिक्षामा अनुत्तीर्ण भएका छन् ।

परिक्षामा सहभागी सामुदायिक बिद्यालयका १ हजार ६७३ जना परिक्षार्थी मध्ये ११५ जना (६.८७ प्रतिशत) अनुत्तीर्ण भएका हुन् । यस्तै परिक्षामा सहभागी संस्थागत बिद्यालयका ९७० जना परिक्षार्थी मध्ये ८ जना (०.८२ प्रतिशत) अनुत्तीर्ण भएका छन् ।

गोदावरी नगरपालिकामा अन्य पालिका भन्दा कक्षा ८ को नतिजा निकै सुधार भएको पाईएको छ । नगरपालिकामा कक्षा ८ को परिक्षाको नतिजा अनुसार सामुदायिक बिद्यालयमा पनि सुधार भएको पाईएको हो ।

परिक्षामा २९ ओटा समुदायिक र २७ ओटा संस्थागत बिद्यालयको सहभागिता रहेको थियो ।

गत सालको परिक्षामा सय प्रतिशत नै विद्यार्थी उत्तीर्ण भएका बताउदै शिक्षा शाखा प्रमुख प्रयागराज जोशिले यसपालि भने ५ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका बताए ।

उनले यो पटक अनुत्तीर्ण भएका १२३ जना बिद्यार्थी मध्येबाट नै ग्रेड बृदि परिक्षा दिने बताए । १२ गते सम्म ग्रेड बृदिका लागि फम भर्ने समय दिएको र त्यसपछि ग्रेड बृदि परिक्षाको मिति तोकिने शाखा प्रमुख जोशिले बताए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.