धनगढीको केजी अस्पतालले पेटमा प्वाल पारेर शल्यक्रिया गर्न सकिदैन् भनेपछि…

धनगढी : धनगढीको केजी हस्पिटलमा पत्थरीको शल्यक्रिया गर्न पेटमा प्वाल पारेर छाडिएको भन्दै आफन्तले विरोध जनाएका छन् । बुधबार अस्पताल भर्ना भएकी डडेल्धुराको आलीताल गाउँपालिका–३ की ६० वर्षीया लक्ष्मी बोहराको पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्न पेटमा प्वाल पारेर अन्यत्र लैजान भनेपछि विरोध जनाएका हुन् ।

कुरुवा बसेका बोहराका छोरा लक्ष्मणले अस्पतालले आमाको पित्त थैलीको पत्थरीको शल्यक्रिया जसरी पनि गरिदिने बताएपछि बिहीबार साँझ अप्रेशन थ्रेटरमा लगिएको तर डाक्टरले पेटमा प्वाल पारेर गर्न नसकिने भन्दै अन्यत्र लैजान सुझाएको बताए ।

‘अस्पतालले आमाको यहाँ उपचार भइहाल्छ अन्त लैजानुपर्दैन् भनेर मैले अप्रेशन गर्न गरेको हो तर आधा अप्रेशन गरेर यहाँ गर्न सकिदैन् । यो भन्दा अगाडी रिस्क छ भनेर घर लगेर जाउ । दुई महिनापछि काठमाडौँ वा बैंलोरको राम्रो अस्पतालमा देखाउनु भन्नुभयो,’ बोहराले भने ।
बोहराले दुरविन विधिबाट अप्रेशन गर्ने भन्दै आमाको पेटमा पारिएको प्वालले दुई महिनासम्म स्वास्थ्यमा तलमाथि भए त्यसको जिम्मेवारी अस्पतालले लिनुपर्ने र उपचारमा अहिलेसम्म लागेको सबै शुल्क फिर्ता पाउनुुपर्ने माग गरेका छन् ।

उपचारमा संलग्न अस्पतालका व्यवस्थापक समेत रहेका सर्जन डाक्टर दिपक सिंहले दुरविन विधिबाट पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्ने क्रममा आन्द्रामा कोलेस्ट्रोलको मात्रा बढि देखिएपछि जोखिमपूर्ण हुने भएकाले रोकिएको बताए ।

‘उहाँ पेट दुुखेको समस्या लिएर आउनुभएको थियो । पित्त थैलीमा पत्थरी देखिएपछि उहाँहरुकै सहमती लिएर दुुरविन विधिबाट शल्यक्रिया गर्न खोजेका थियौँ तर आन्द्रामा कोलेस्ट्रोलको मात्रा बढि देखिएपछि जोखिम हुने भएकाले औषधी दिएर ७-८ हप्तापछि गर्दा ठीक हुन्छ भन्ने सल्लाह दिएका हौँ,’ सिंहले भने ।

सिंहले बोहराकै आफन्तले दुई महिनापछि अन्य अस्पतालमा उपचार गर्न लैजादा हुन्छ की हुदैन ? भनेर जिज्ञाशा राखेपछि काठमाडौँ वा भारतमै लगेर पनि गर्न सकिने सल्लाह दिएको तर रेफर भने नगरेको बताए ।

‘उहाँहरुले नै जिज्ञाशा राखेपछि हामीले त्यो व्यवहारिक रुपमा उहाँलाई लैजादा हुन्छ भनेर सल्लाह दिएका हौँ । तर तत्काल ज्यानको जोखिम हुने भएकै कारण गर्न नसकिने भनिएको हो । यसमा अन्यथा केही होइन्,’ उनले भने ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.