ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । सभामुख देवराज घिमिरले घुस मागेको अडियो प्रकरणमा जोडिएका सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय मंगलबार गरेका हुन् ।

उनलाई सांसद पदबाट हटाउन रास्वापाले संसद सचिवालयमा पत्राचार गरेको थियो । रास्वपाको पत्रहरूका अध्ययनपछि सभामुखले उनको सांसद पद रिक्त हुने निर्णय गरेका हुन् ।

उनको सांसद पद रिक्त भएको सूचना मंगलबारको प्रतिनिधिसभाको बैठकमा सुनाउने तयारी रहेको सभामुखका प्रेसविज्ञ शेखर अधिकारी जानकारी दिए ।

एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो । रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यस अनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराउन लागेका हुन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.