कञ्चनपुर : कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुल आज तीन घण्टाका लागि बन्द हुँने भएको छ । दोधारा चाँदनी नगरपालिकाले मर्मतका लागि आज ११ देखि २ बजेसम्म तीन घण्टा पुल बन्द हुने भएको हो ।
पुल मर्मतको काम हुने भएकाले तीन घण्टा बन्द हुने दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले जानकारी दिए । झोलुङ्गे पुल मर्मतको काम हुँने भएकाले तीन घण्टा पुल भएर आवातजावत बन्द गरिएको उनले बताए ।
उनले सो समयमा बैकल्पिक बाटोको प्रयोग गरेर पुल मर्मत कार्यमा सघाउन नगरपालिकाले आग्रह गरेको बताए । दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल जीर्ण हुँदै गएको छ ।
बेला बेलामा पुल बन्द गरेर मर्मतको काम हुने गरेको छ । यस्तै एक महिना बन्द रहेको महाकाली नदीमाथिको निर्माणाधीन पक्की पुल आजदेखि पुनः सञ्चालन हुँनेछ । पुल निर्माणको कामले बन्द भएको पक्की पुलमा आजदेखी आवतजावत सुचारु गर्ने तयारी थालिएको हो ।