दिपायलमा महालक्ष्मी विकास बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रमको आयोजना

डोटी : डोटीको दिपायलमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड पिपल्ला शाखाको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

जोडौँ एक नाता,खोली महालक्ष्मी बैङ्कमा खाता’ भन्ने मुलनाराका साथ बिहीबार दिपायल सिलगढी नगरपालिका –३ एयरपोर्टमा रहेको जनहित कृषक समूहका सदस्यहरूलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी दिइएको थियो ।

ग्रामीण क्षेत्रका नागरिकलाई वित्तीय साक्षरताका बारे जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको महालक्ष्मी विकास बैंक शाखा दिपायलका प्रबन्धक भीम बहादुर रावतले बताए । उनले बैंकिङ प्रणाली, खर्च, बचत लगायतका विषयमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको बताए । वित्तीय साक्षरता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई वित्तीय सीपका बारेमा जानकारी हुने आशा लिएको प्रबन्धक रावतले बताए ।

देशभर १०३ वटा शाखाहरु तथा ४९ वटा एटिएम मार्फत आफ्ना ५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको यस बैंकको प्रधान कार्यालय काठमाडौंको दरबारमार्गमा रहेको बताईएको छ ।

नेपाल चार्टस अकाउन्टेन्ट्स (आइक्यान) द्वारा प्रदान गरिने विकास बैंकतर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड–२०१८ तथा साउथ एसिएन फेडेरेशन अफ अकाउन्टेन्ट्स (साफा) द्वारा प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड–२०१८ बाट समेत बैक सम्मानि भईसकेको छ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.