कञ्चनपुर : कञ्चनपुरमा छोराले बुवाको हत्या गरका छन् । पुनर्वास नगरपालिका–४ कार्कीचोक बस्ने ३० वर्षीय गणेश खडकाले गएराति ७१ वर्षीया बुवा धनबहादुरको हत्या गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लले राति करीब २ बजेको समयमा खड्काले कुटपिट गरेर बुवाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । उनकाअनुसार खड्कालाई पक्राउ गरिएको छ ।
‘घरायसी विवादका क्रममा खड्काले मुक्का र चिर्पट प्रहार गरेर बुवाको हत्या गरेको मल्लले बताए । विगतदेखि बुवा र छोराको बीचमा घरायसी विवाद, झै–झगडा हुने रहेछ । सोमबार राति पनि दुवै जनाबीच विवाद भएपछि छोराले मुक्का र बासको चिर्पटले प्रहार गरेको देखिन्छ,’ मल्लले भने, ‘घटनाबारे बिहान मात्र थाहा भएपछि स्थानीयले हामीलाई खबर गरेका थिए । अहिले अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’
बुवा र छोराको झगडा भएको थाहा पाएपछि राति छिमेकीले सम्झाईबुझाई समेत गरेको पाइएको प्रहरीले जनाएको छ तर छिमेकी आफ्नो घर लागेपछि उनीहरुबीच फेरी झगडा परेको थियो ।