गोदावरीमा सामुदायिक वनबाट सुकुम्बासीको घर भत्काएर पार्टीको भवन शिलान्यास

अत्तरिया : सोमबार कैलालीको गोदावरी नगरपालिका–३ स्थित चौकिडाँडामा‌ सामुदायिक वन क्षेत्रमा बाढीपीडित र सुकुम्वासीको नाममा अतिक्रमण गरी बनाएका घर टहरामा डोजर चलाएको थियो । महिला सामुदायिक वन र बडिमालिका सामुदायिक वन क्षेत्रमा एकै दिनमा करिब ४५० घर टहराहरू स्थानिय सरकार, वन डिभिजन कार्यालय लगायतको टोलिले हटाएको थियो ।

सामुदायिक वन अतिक्रमण खालि गराउने अभियान चलिरहेकै बेला सोही नगरपालिका भित्रको एक अर्को सामुदायिक बन भित्र पार्टीको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । कैलालीको गोदावरी नगरपालिका १ स्थित सुरक्षा महिला सामुदायीक बन क्षेत्र भित्रै नेपाली काँग्रेस क्षेत्र न-४ को क्षेत्रीय पार्टी कार्यालय बिपी स्मृति भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।

सामुदायिक वनबाट सुकुम्बासीको घर भत्काएर पार्टीको भवन शिलान्यास गरिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध गरिएको छ ।‌ सामुदायिक बनको जग्गामा पार्टीको भवन निर्माणका लागि शिलान्यास गर्न केन्द्रीय सांसद नै त्यहाँ पुगेका थिए । नेपाली कांग्रेसका प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायरले सुरक्षा महिला सामुदायीक बन क्षेत्र भित्रै शिलान्यास गरेका हुन् ।

बनकी अध्यक्ष लक्ष्मी भण्डारी पनि बन क्षेत्र अतिक्रमण गरेर बनाइने भवनको शिलान्यास गर्न पुगेकी थिइन् । उनले आफूहरूलाई सामुदायिक बनको जग्गा दिने अधिकार नभएको तर, भोगाधिकार ल्याउने आश्वासन दिएपछि आफूहरूले सहमति दिएको बताइन् । ‘हामीलाई त्यो अधिकार छैन । उहाँहरूले भोगाधिकार ल्याउँछौँ भन्नु भयो’ उनले भनिन्, ‘मलाई पनि हिजो बोलाउनु भएको थियो , अनि गएको थिए ।’

भबन शिलान्यासको तस्बिर सार्बजनिक भएपछि सो कार्यको सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेको हो । वन क्षेत्र अतिक्रमण गरेर नेपाली कांग्रेसले बनाउन लागेको बिपी स्मृति भवनको लागि शिलान्यास गरिए पनि बाँकी काम अघि बढ्ने बिषयमा भने विवाद सुरु भएको छ ।

एउटै नगरपालिका भित्र बाढीपीडित र सुकुम्वासीको नाममा वन क्षेत्र कब्जा गर्दा डोजर चलाएको र पार्टीको नाममा भने बन क्षेत्र भित्रै पक्की भवन बनाउन दिएको भन्दै सामाजिक सञ्जालमा विरोध सुरु भएको हो । जनप्रतिनिधीहरुले नै यसरी बन अतिक्रमण गर्ने कार्यलाई प्रोत्साहान गरिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भईरहेको छ ।

‘बनका बिषयमा सरकारी नीति एउटै हुनु पर्छ । गरिबलाई हटाउने र धनीलाई बस्न दिने कुरा राम्रो होइन’ नेकपा एमाले गोदावरी अध्यक्ष गोकर्ण भट्टले भने ‘बन क्षेत्र अतिक्रमण गर्न माननीय नै पुगेको कुराले हामीलाई लज्जा बोध भइरहेको छ ।’ उनले त्यो निर्माण कार्य तत्काल बन्द गर्नुपर्ने बताए ।

केन्द्रीय सांसद बलायरले क्षेत्रीय कार्यालय भवनको शिलान्यास गरिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनीसँगै प्रदेश सभा सदस्य प्रकाश बम र गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट पनि देखिएका छन् । सोमबार अतिक्रमण हटाउँदा नगरपालिकाकै डोजर प्रयोग गरिएको थियो । एकातर्फ आफै बन अतिक्रमण हटाउने अर्को तर्फ आफ्नै उपस्थितिमा बन क्षेत्रमा संरचना निर्माणका लागि शिलान्यास गर्ने भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भईरहेको छ ।

प्रदेश सरकारको बजेटमा बिपी पार्क निर्माण प्रक्रिया भइरहेको कैलाली क्षेत्र नम्बर ४ का सभापति ललित रोकायाले बताए । ‘बिपी स्मृति भवन बनाउनै नपाइने भन्ने पनि होइन नि’ उनले भने ‘यस अघिबाटै हामीले त्यहाँ वृक्षारोपण गर्दै आइरहेका छौँ । यो अघिल्लो वर्षको बजेट हो ।’

सब डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निराजन कडालले पनि वन क्षेत्र भित्र कुनै पनि संरचना निर्माण गर्न नदिइने दाबी गरेका छन् । ‘हामीले अस्ति भर्खरै यहि पालिकामा ४५० टहरा हटाएका छौँ । फेरी कब्जा गर्न दिने भन्ने हुँदैन’ उनले भने ‘वन क्षेत्र भित्रै भवन बनाउने गरि शिलान्यास गरेको कुरा सुनेको छु । त्यो तत्काल रोक्न लगाउँछु । रोकिनु पर्छ । ’ उनले सामुदायिक बनले निर्णय गरेर जग्गा दिएको भन्दै त्यस्तो अधिकार सामुदायिक बनमा नरहेको बताए ।

चुरे गाउँपालिका दादुरा रोग सम्बन्धी सूचना
Leave A Reply

Your email address will not be published.