अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर कमिटी गठन गरिएको छ । कमिटीको सभापतिमा दिपक ओझा चयन भएका छन् । आइतबार अत्तरियामा भएको नगर सम्मेलनले ओझालाई सर्बसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।
यस्तै समितिको उपाध्यक्षमा सरस्वती कुमारी धामी, सचिबमा मानदेब पनेरु चयन भएका छन् । ओझा बिगत लामो समय देखि सामाजिक संस्था 3DVL क्रियसन, सहकारी र सञ्चार क्षेत्रमामा आबद्ध थिए ।
ओझा संगै अत्तरियाको अग्रणी ट्रेनिङ संस्था प्लानेट भिटीका संस्थापक पुष्कर शर्मा जोशी र उनको समुह पनि रास्वपामा सकृय हुने भएको छ । यस अघि उक्त समुहले स्वतन्त्र रूपमा नै यस क्षेत्रमा विभिन्न सामाजिक मुद्दा उठाउँदै आएको थियो ।
नगर सम्मेलनमा रास्वपाका प्रदेश अध्यक्ष इन्जिनियर प्रकाश बहादुर बिष्ट, प्रदेश उपाध्यक्ष सृष्टि महरा, प्रदेश कोषाध्यक्ष जसु भट्ट लगाएतको सहभागीता रहेको थियो ।
बक्ताहरुले गोदावरीमा रास्वपामा संगठित हुने क्रम बढेकाले आगामी २०८४ को निर्बाचनलाई केन्द्रित गरेर आफ्ना अभियान अघि बढाइने बताएका छन्
।