दार्चुलामा ट्याक्टर आफै गुडेर भीरमा खस्यो

 दार्चुला : दार्चुलामा सडकमा रोकिएको ट्याक्टर आफै गुडेर भीरमा खसेको छ ।

जिल्लाको दुहु गाउँपालिका–३ राता खलंगाबाट वालुवा लिएर दल्लुतर्फ गइरहेको सुपप्र ०१००२ त ४९४२ नम्बरको ट्याक्टर आइतबार दिउँसोमा भीरमा खसेको प्रहरीले जनाएको छ ।

चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २८ वर्षीय राजकुमार राना ट्याक्टरलाई सडकमा रोकेर पिसाब फेर्न गएका थिए।

सोही बेला ट्याक्टर आफै गुडेर करीब एक सय मिटर तल भीरमा खसेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ट्याक्टरमा चालक बाहेक अरु नभएका कारण मानवीय क्षति भएको छैन ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.