राष्ट्र बचाउने जिम्मा एमालेको काँधमा आएको छ : एमाले सचिव भट्ट

अत्तरिया : नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले राष्ट्र बचाउने जिम्मा एमालेको काधमा आएको बताएका छन ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ गोदावरीमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै उनले गठबन्धनका नाममा राष्ट्र र राष्ट्रियता बेच्न लागिएको आरोप लगाएका छन् ।

सचिव भट्टले नागरिकता बिधयक पास गरेर विदेसि महिलालाई सिन्दुर हालेर नागरिकता बेच्ने काम गरेको बताए । राष्ट्रपतिले नागरिकता बिधयक रोकेर राष्ट्रियता बचाएको बताउदै उनले गठबन्धन सरकारका नेता कार्यकर्ताले राष्ट्रियता बचाउदा उल्टै राष्ट्रपतिलाई तथानाम गालि गरको बताएका छन् ।

त्यस्तै सचिव भट्टले सुदुरपश्चि प्रदेशको राजधानि गोदावरी निर्माण गर्नमा मुख्यमन्त्रि र केहीअरु नेताहरुको स्वार्थका कारण नबनेको आरोप लगाए । उनले सुदुरपश्चिम प्रदेशको धार्मिक तथा पर्यटकिय स्थल समेत रहेको गोदावरी धामको बिकासका लागि भने डिपिआर बनाउने काम भईरहेको बताए ।

गोदावरी क्षेत्रमा रहेको बिधुत, खानेपानि र तटबन्धका लागि पहल गरेको बताउदै सचिव भट्टले खानेपानी ब्यबस्थापनका लागि गोदावरी नदीमा डिपिआर बनाएर अगाढी बढीरहेको तर गठबन्धन सरकारले विभिन्न वाहाना गरेर रोकेको उनको भनाई छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.