अत्तरिया : कैलालीको अत्तरिया साना शहरी तथा खानेपानी सरसफाइ उपभोक्ता संस्थाको टोली ७ दिने भ्रमणमा निस्केको छ ।
देशका विभिन्न ठाउँका खानेपानी आयोजनाको अबलोकनको लागी झन्डै ५० जनाको टोली हिँडेको संस्थाका अध्यक्ष टीका दत्त जोशीले बताए ।
टोलिमा संस्थाका पदाधिकारी, सल्लाहकार, जनप्रतिनिधि, टोल उपभोक्ता समिती, सुरक्षा समिति र संघीय खानेपानीका प्रतिनिधिको सहभागीता रहेको उनले बताए ।
संस्थाका अध्यक्ष जोशिका अनुसार टोलीले दाङ, रोल्पा, रुकुम, प्युठान र पोखरामा रहेका खानेपानीका आयोजनाको अबलोकन भ्रमण गर्ने छ ।
