धनगढी : कैलालीको गोदावरी नगरपालिकाले आफ्ना पालिका भित्र संचालनमा रहेका सामुदायिक विद्यालयहरुलाई निःशुल्क शिक्षा कार्यान्वयन गर्न अनुरोध गरेको छ ।
गोदावरी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आज एक सूचना जारी गर्दै माध्यमिक तह सम्म शुल्क नलिन पालिका भित्रका विद्यालयहरुलाई अनुरोध गरेको हो ।
सूचनामा नगरपालिका अन्तरगतका केही सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुबाट शुल्क लिने गरेको र शुल्क तिर्न नसकेर विद्यार्थीहरुले पढाई छोड्नुपर्ने अवस्था सिर्जना भएको गुनासो आएको भन्दै विद्यार्थीहरुबाट कुनै पनि किसिमको शुल्क नलिई निःशुल्क शिक्षा कार्यान्वय गर्न अनुरोध गरेको छ ।