गोदावरीमा राजधानि चाहियो भन्दै आन्दोलन गर्नेहरु अहिले बिरोध गर्नेका पछि लागे : प्रदेशसभा उम्मेदवार साउँद
अत्तरिया : कैलाली क्षेत्र नम्वर ४ प्रदेश ख का उम्मेदवार हरि सिंह साउँदले गोदावरीमा राजधानि चाहियो भन्दै आन्दोलन गर्नेहरु अहिले बिरोध गर्नेका पछि लागेको बताएका छन् ।
गोदावरी नगरपालिका वडा नम्वर ४ गोदावरीमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै उनले कुनै बेला गोदावरीमा राजधानि चाहियो भन्दै आन्दोलन गर्नेहरु अहिले आएर डोटी लैजान्छु भन्नेहरुका पछि लागेको बताएका हुन् ।
उनले नेकपा एमालेको सरकार हुदा बिकासको लहर छाएको बताउदै एमालेले गरेको बिकास देखेर गठबन्धन सरकार अत्तालिदै गौरवका योजनाहरु बन्द गरेको आरोप लगाए । कैलाली क्षेत्र नम्वर ४ मा बाहिरबाट चुनाव लड्न आएकाहरु बिकास गर्न नभई राजधानि लैजान र बिकासमा पछाडी पार्न आएको बताए ।
त्यस्तै प्रदेश उम्मेदवार साउदले प्रधानमन्त्रि शेर बहादुर देउवाले गेटामा बनेको संरचनालाई भग्नावसेस बनाएर डडेल्धुरामा मेडिकल कलेज घोषणा गरेको बताए ।
गोदावरीको वडा नम्वर ५ मा बनेका संरचनालाई उपयोगमा लगाएर मात्र अरु ठाउमा घोषणा गर्नुपर्नेमा उनको भनाई छ । एमालेको सरकार भएका बेला जनपक्षिय काम भएको बताउदै उनले गठबन्धन सरकारको महंगिले जनताको ढास सेकाउने काम गरेको बताएका छन् ।