अत्तरिया–चिसापानी सडक स्तरोन्नतीको काम सुरु

अत्तरिया : कैलालीमा अत्तरियादेखि चिसापानीसम्म सडक सुधार तथा स्तरोन्नतीका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगरले काम थालेको छ। अत्तरिया चोकदेखि चिसापानीसम्मको सडकलाई दुई भागमा विभाजन गरेर सडक सुधार तथा स्तरोन्नतीको काम अघि बढाइएको हो ।

अत्तरियादेखि लम्कीसम्म ६५ किलोमिटर सडकको सुधार र आवश्यक स्तरोन्नतीका लागि चालु आर्थिक वर्ष सुरु भएदेखि नै सुधार र मर्मतको काम भइरहेको छ ।

सो खण्डमा पाइलेटिङ प्रोजेक्टको रुपमा गत वर्ष नै काम पुरा भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका ईन्जिनियर एवं सूचनाअधिकारी पीयुष चटौतीले बताए । उनकाअनुसार सो खण्डमा अहिले सामान्य मर्मतको काम भइरहेको छ । मर्मत सुधारको जिम्मा लिएको कम्पनीले जेठभित्र काम पुरा गरिसक्ने गरी सम्झौता भएको उनले बताए ।

त्यस्तै लम्कीदेखि चिसापानीसँग यो वर्षको सुरुदेखि नै चार एटिएम टु ठेक्का आह्वान भयो तर कसैको पनि आवेदन परेन् । पौने चार करोडको सो प्रोजेक्ट निर्माणमा कुनै पनि निर्माण कम्पनीले इच्छा नदेखाएपछि सडक विभागले नेपालगन्जको टेक्नोलोजीमा ठेक्का लगाउन सुझाएपछि एसफाल्ट (रोडा र अलकत्रालाई तताएर मिसाउने उपकरण) मा जान हालै मात्र नोटिस जारी भएको इन्जिनियर चटौतले जानकारी गराए ।

‘यस्तो टेक्नोलोजीमा जान सूचना जारी भएको छ, १२/१५ दिन अझै यसको म्याद भएकाले ठेक्का खुलेपछि पहिले प्राविधिक मुल्यांकन गरेर त्यसपछि आर्थिक मुल्यांकन हुन्छ र काम अघि बढ्छ ।’

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.