आशा लघुबित्तद्धारा दुई दिने बित्तिय साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

अत्तरिया : कैलालीको अत्तरियामा दुई दिने बित्तिय साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएको छ । आशा लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाले यहि बैशाख ३० र ३१ गते आफना ग्राहक सदस्यहरुलाई बित्तिय साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको हो ।

केन्द्र नम्बर ७४ की कल्पना शाहको सभापतित्वमा भएको कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर २ की वडा सदस्य आरति बि.क प्रमुख अतिथी रहेकी थिईन् । कार्यक्रममा इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब निरीक्षक खेमराज पन्त रहेका थिए भने अतिथीहरुमा आशा लघुबित्त बित्तीय संस्था लि. केन्द्रिय कार्याल बिभागिय प्रमुख अनुगमन तथा असुली बिभाग प्रमुख रबिन खतिवडा, केन्द्रिय कार्यालय कनिष्ठ अधिकृत नारायण प्रशाद शर्मा, बौनिया स्टेशन अधिकृत लखनलाल थारु र अत्तरिया शाखा प्रमुख गणेश प्रशाद भट्ट रहेका थिए । कार्यक्रममा करिब १६४ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा सदस्य आरती बिकले जुनसुकै प्रयोजनका लागि कर्जा लिएपनी सहि प्रयोग गर्नुपर्ने बताईन् । उनले लिएको कर्जा सहि किसिमले चलाउन नसक्दा भोलि ठूलो दुर्घटनामा परिने समेत बताईन् । लघुबित्तले ब्यसायिक बनाउन र बचतको सहि प्रयोग गरे भोलि भबिस्यमा योजना बनाएर काम गर्न सकिने उनको भनाई थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै अनुगमन तथा अशुली बिभाग प्रमुख खतिवडाले गरिब कृषक तथा ब्यापारिहरुले लिएको लघुबित्त कर्जा सहि प्रयोग गर्न नजान्दा भविष्यमा ठुलो समस्या हुदै आएको बताए । उक्त समस्याको असर लघुबित्तले समाजका महिलाहरुलाई देखाएको मार्गदर्सन सफलताका कथा लघुबित्तको कर्जाको किस्ता समयमा असुल हुन नसक्दा भबिष्यमा सदस्यहरुलाई पर्ने कानुनी असर लगायतका कुराहरु सम्झाउदै बुझाउदै आएको बताए । उनले समयमै कर्जा नतिरेमा भबिस्यमा पार्ने कालो सुचिमा परि कुनैपनी कारोबार चाहे त्यो सरकारी सेवासुबिधा होस या कुनै वैदेशिक रोजगारिमा जाने कुरा सबै बाट बन्चित हुने कुराहरु प्रष्ट पारेका थिए ।

कार्यक्रममा बोल्दै अत्तरिया शाखा प्रमुख गणेश भट्टले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार एकल ग्राहक सिमामा रहि आशाले लघुवित्तले काम गर्ने र सोही अनुसार रहन आफ्ना ग्राहक सदस्यलाई सल्लाह दिएका थिए ।

त्यस्तै कार्यक्रममा बार्षिक केन्द्रबैठक मुल्यांकनका आधारमा छनौट गरिएका ५ वटा पुरस्कृत केन्द्रहरुलाइ प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रम अत्तरिया स्थित होटेल सुबिधामा सञ्चालन गरिएको थियो ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.