कैलालीको गोदावरीमा १५० बंगुर वितरण गरिने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – ६ मा १५० बंगुरका पाठा पाठी वितरण गरिने भएको छ । भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीको साझेदारीमा २ समूह मार्फत बंगुरका पाठा पाठी वितरण गर्न लागिएको हो ।

बंगुर पालन किसान समूह र जंगली बंगुरपालन किसान समूह मार्फत वडामा किसानहरुलाई बंगुरका पाठा पाठी वितरण गर्न लागिएको जंगली बंगुरपालन कृषक समूहकी अध्यक्ष विमला चौधरीले बताइन ।

उनले कार्यक्रम अन्तरगत एक जना किसानलाई २ वटा वंगुर वितरण गरिने बताइन् । पुर्व राज्यमन्त्री चुनकुमारी चौधरीले बंगुर पालन गर्नका लागि किसान छनोट गरिसकिएको बताइन् । उनले वडामा अधिकांस किसान चौधरी समुदायको बसोवास रहेकाले बंगुर पालन कार्यक्रम संचालन गरिएको बताइन ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.