बैतडीमा डाक्टरहरुको टोली चढेको बस दुर्घटना, ६ जना घाइते

बैतडी : बैतडीमा डाक्टरहरुको टोली चढेको बस दुुर्घटना भएको छ । स्वास्थ्य शिविरका लागि दार्चुलातर्फ गइरहेको नेपालगञ्ज मेडिकल कलेजको भे १ क ३१८ नम्बरको बस गएराति दुर्घटनामा परेको हो ।

राती १० बजेतिर दशरथचन्द राजमार्ग अन्तरगत पाटन नगरपालिका वडा म्बर ८ को अनारखोलीमा बस दुर्घटना हुुँदा ६ जना घाइते भएका छन्।

घाइते हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १२ बस्ने ३५ वर्षीय जंगबहादुर चौधरी, ३२ वर्षीय शिशिर खड्का, ४४ वर्षीया रिता देवकोटा, ४६ वर्षीया सावित्री पौडेल, ४८ वर्षीया सुनिता खड्का र ४० वर्षीया ललिता गुरुङ रहेको सुुदूुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बसमा सवार अरु डाक्टर र सहयोगी कर्मचारी भने सकुशल छन् भने स्वास्थ्य समाग्रीमा क्षति पुगेको छ । बस ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.