धनगढीको एक होटलबाट बेहोस अवस्थामा फेला परेका युवकको मृत्यु

धनगढी : धनगढीको एक होटलबाट बेवारिसे अवस्थामा बेहोस फेला परेका एक युवकको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका–३ ट्राफिक चोक स्थित सुभ श्री रेस्टुरेन्ट एण्ड बारमा सोमवार बेहोस अवस्थामा फेला परेका युवकको मृत्यु भएको हो ।

होटलमा अन्दाजी ३८/३९ वर्षीय पुरुष बेहोस अवस्थामा फेला परेको जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी पठाएको थियो ।

अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ । मृतकको अहिलेसम्म पहिचान खुलेको छैन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.