अत्तरियामा ट्राफिक प्रहरीले जरिवाना तिराएपछि बिवाद

अत्तरिया : कैलालीको अत्तरियामा ट्राफिक प्रहरीले सडक किनारामा रोकिएका सवारी साधनलाई जरिवाना तिराएपछि बिवाद उत्पन्न भएको छ । अत्तरिया स्थित पहाड रोडमा रोकिएको एक जीपबाट प्रहरीले १ हजार जरीवाना तिराएपछि बिवाद उत्पन्न भएको हो ।

सर्भिस लेनमा रोकिएको सुपप्र ०४००१ च ००५० नम्बरको जीपलाई प्रहरीले जरिवाना तिराएपछि भएको विवाद चर्किएको हो । सर्भिस लेनमा रोकिएको उक्त जीपका चालक खाना खान होटलमा पसेका थिए ।

होटलबाट खाना खाएर आउने बितिकै प्रहरीले जरिवाना तिराएपछि स्थानीयले मुख्य सडक भन्दा भित्र रोक्दा पनि किन जरिवाना तिराएको भनेर बिरोध जनाएका थिए । चालक हरिस बोगटीले आफूले जरिवाना तिरेको भएपनि प्रहरीले झरपकट गरेको बताए ।

विवादका बीच प्रहरीले बढी बोलेको भन्दै एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका इन्सपेक्टर बासु देव भट्टका अनुसार ट्राफिक प्रहरी संग विवाद गरेपछि एक जनालाई नियन्त्रणमा लिइएको हो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.