गोदावरी-६ का २७ जना किसानलाई बंगुरका पाठापाठी वितरण

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – ६ बडेहाका २७ जना किसानलाई बंगुरका पाठापाठी वितरण गरिएको छ । आज (बुधबार) एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सरकारकी पुर्व पुर्वाधार विकास राज्यमन्त्री चुन कुमारी चौधरीले किसानलाई बंगुरका पाठापाठी वितरण गरेकी हुन ।

उनले महिलाहरुको आर्थिक सशक्तिकरण गर्नको लागि बंगुरका पाठापाठी वितरण गरिएको बताइन् । बाटो घाटो पुल पुलेसा संगै कृषिको कार्यक्रममा पनि आफूले जोड दिदै आएको बताउँदै जव सम्म विपन्न समुदाय आर्थिक रुपमा सम्वृद्ध हुँदैनन् तवसम्म सामाजको विकास नहुने उनले बताइन् ।

कार्यक्रममा बोल्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्राविधिक महेश भट्टले कार्यक्रम संचालन गर्नुको मुख्य उद्देश्य पछाडी परेको समुदायको आयआर्जन गर्नु रहेको बताए । उनले कार्यक्रम अन्तरगत तालिम पनि दिइने बताए । कार्यक्रमका लागि ४ लाख बजेट विनियोजन गरिएको बताए ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीको आर्थिक सहयोगमा संचालिन कार्यक्रमका स्थानीय बंगुर पालन किसान समुहमार्फत संचालन गरिएको हो । जसअन्तरगत २७ किसानलाई ५९ वटा वंगुर वितरण गरिएको विपना चौधरीले बताइन् ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत उक्त वडामा २ समुह मार्फत १५० वटा बंगुर वितरण गर्ने कार्यक्रम रहेको छ । बाकी बंगुर केहि दिनमा जंगली बंगुरपालन किसान समुह मार्फत वितरण गरिने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्राविधिक भट्टले बताए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.