अत्तरिया : कैलालीको अत्तरियामा द फार–वेल फुडल्याण्ड सञ्चालनमा आएको छ । अत्तरिया स्थित धनगढी रोडमा रहेको होटल फार वेल नयाँ व्यवस्थापनका साथ धनगढी रोडमै रहेको नेपाल टेलिकम नजिकै सञ्चालनमा आएको हो ।
व्यवसायीद्धय यज्ञराज जोशी र प्रमोद अधिकारीले नयाँ द फार–वेल फुडल्याण्ड क्याफेको रुपमा सन्चालनमा ल्याएका हुन् ।
आधुनिक सजावट गरिएको उक्त क्याफेको बुधबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले उदघाटन गरेका छन् । करिब २५ लाखको लगानीमा क्याबिन सहितको खुल्ला रेष्टुरेन्ट सन्चालनमा आएको हो ।
उक्त फुडल्याण्डमा विभिन्न ईन्डियन तथा चाईनिज परिकारहरुका साथै सुदूरपश्चिमका खानाका परिकारहरु पनि पाईने सञ्चालक यज्ञराज जोशीले बताए । फुडल्याण्डमा एसि सहितका शान्त क्याविनहरु रहेको बताउदै उनले उक्त क्याविनहरुमा पारिवारीक रुपमै खानाको आनन्द लिन सकिने बताए ।
