अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ ले आर्थिक बर्ष २०८०/०८१ का योजना तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
बिहिबार एक भेलाको आयोजना गर्दै वडा कार्यालयले नगरपालिकाबाट प्राप्त १ करोड १० लाख ३७ हजार ७ सय ५२ रुपैया बराबरका योजना तथा कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
वडाध्यक्ष यज्ञ महराको सभापतित्वमा आयोजित वडा भेलामा नगरप्रमुख विरेन्द्र भट्ट, उपप्रमुख शारदा रोकाया, प्रमुख प्रशासकिय अधिृकत बसन्त कुमार खत्री लगायत स्थानियको सहभागीता रहेको थियो ।
वडामा माग फारामका आधारमा आएका मागहरुमध्ये आवश्यकताका आधारमा आगामी वर्षको योजना तथा कार्यक्रममा समावेश गरिएको वडासदस्य देवराज भट्टले बताए । उनले नगरपालिकाबाट समानिकरण तर्फ ८० लाख र सुत्रमा आधारित ३० लाख ३७ हजार ७ सय ५२ रुपैया बजेट प्राप्त भएको जानकारी दिए ।
उनले उक्त बजेटबाट माग फाराममा आएका योजनाहरुमध्ये वस्तीस्तरबाटै आवश्यकताका आधारमा आएका योजनाहरुलाई प्राथमिकता दिईने बताए । उनका अनुसार नगरपालिकाबाट प्राप्त बजेट सिलिङ्गमा वडाले पुर्वाधार विकास तर्फमात्रै ६० प्रतिशत अर्थात ६६ लाख २२ हजार ६ सय ५१ रुपैया बजेट विनियोजन गरेको छ ।
