बैतडीको एक क्लिनीक सिल गरियो

बैतडी : बैतडीको एक क्लिनीक सिल गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा रहेको श्यामा क्लिनीकमा सिल गरिएको हो । नियम विपरीत संचालन गरिएको उक्त क्लिनीकमा जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले सिल बताइएको छ ।

पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहको उक्त क्लिनीकमा उनकी श्रीमती कुनै मेडिकल शिक्षा विना संचालन गरेको पाइएपछि प्रशासनले शिल गरेको जनाएको छ ।

पालिका उपाध्यक्ष बिना भट्टका अनुसार मेडिकल कोर्ष नगरेका मान्छेले मेडिकल सञ्चालन गर्ने गरेको व्यापक जनगुनासो आएपछि मेडिकल सिल गरिएको छ ।

साझ बिहान स्वास्थ्य संयोजक शाह बस्ने भएपनि दिनको समयमा उनकी श्रीमतले मेडिकलबाट औषधी बेच्दै विरामी समेत चेकजाँच गर्दै आएकी थिइन । मेडिकल कोर्ष गरेका व्यक्तिको व्यवस्थापन नहुँदा सम्मका लागि मेडिकल सिल गरिएको बताइएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.