शरणार्थी प्रकरणमा जुनसुकै तहका व्यक्ति संलग्न भए पनि उम्कन दिँदैनौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै तहका व्यक्ति संलग्न भए पनि उम्कन नपाउने बताएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका सांसद शेरबहादुर कुँवरले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा जुनसुकै भीआईपी र भीभीआईपी संलग्न देखिए पनि पक्राउ गरेर छानबिन हुने र दोषी देखिएमा कारबाही हुने बताए ।

उनले प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धानमा कतैबाट पनि हस्तक्षेप नभएको र हस्तक्षेप हुन नदिनेमा प्रतिबद्धता पनि व्यक्त गरे । उनले दोषी देखिएका व्यक्तिलाई कानुनको दायरामा ल्याउन कुनै कसर बाँकी नराखेको र बाँकी नराख्ने बताए ।

दोषी नउम्कियोस् र निर्दोष नफसोस् भन्नेमा सरकार सचेत रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचारका अरु प्रकरणको पनि क्रमश: छानबिन गर्ने दाबी गरे ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.