दार्चुला : दार्चुलामा यार्सागुम्बा संकलनका क्रममा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ ।
ब्यास गाउँपालिका-१ कुन्तीसाउको पाटनमा यार्सागुम्बा संकलनका क्रममा ढुंगा लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिंह ऐतवालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बिहीबार यार्सागुम्बा टिप्न गएका ऐतवालको माथिबाट खसेको ढुंगा टाउकोमा लागेर मृत्यु भएको हो।
उनीसँगै यार्सागुम्बा संकलन गरिरहेका पुष्कर ऐतवाल घाइते भएका छन् । घाइतेको छाङरूमा रहेका सुरक्षाकर्मीहरूले उद्वार गरेको प्रहरीले जनाएको छ ।