धनगढीमा एक महिला डाक्टरले गरिन् आत्महत्या

धनगढी : कैलालीको धनगढीमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन् । बिहिबार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरकी २६ वर्षीया डाक्टर प्रसन्ना शाहले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

Goadawari Nagarpalika_Badhi

बिहिबार बिहान उनी आफ्नो घरमै मृत भेटिएकी थिइन् । शाह बन्द कोठाभित्र झुन्डिएको अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताए ।

आत्महत्या के कति कारणले गरेको हो भन्ने खुल्न सकेको छैन् । घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

मृतक महिला धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्। उनी मृत फेला परेपछि अस्पतालले उनको परिवारप्रति समवेदना जनाएको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.