अत्तरिया : कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ मैलकट्टेश्वरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ ।
यहि जेठ १३ गते महिला तथा बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो ।
फाया नेपालले आयोजना हुने शिविरमा चुरे गाउँपालिकाको समन्वय, आइपास नेपालको सहयोग र सौभाग्य अस्पताल धनगढीको सहकार्य रहने जनाईएको छ ।
शिविरमा स्त्री तथा प्रसुतिरोग, बालरोग तथा अन्य रोगका बिरामीहरुको चेकजाँच गरीने आयोजक फाया नेपालले जनाएको छ ।