पूर्व राजा धनगढी आउने कार्यक्रम स्थगित

धनगढी : पूर्व राजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम स्थगित भएको छ ।  शुक्रवार पत्रकार सम्मेलन गर्दै पूर्व राजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ ।

सुरक्षाको कारण राजपरिवारको सुदूरपश्चिम भ्रमण स्थगित भएको हो । यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो ।

तर, नागरिक उन्मुक्तिको आन्दोलनका कारण भ्रमण रद्द भएको अनुमान गरिएको छ । आयोजकले भने सुरक्षाको कारण देखाएर शनिवारबाट हुने सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको छ ।

 

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.