कञ्चनपुर : महेन्द्रनगरको एक होटेलमा साथीसँगै सुतेका युवक मृत भेटिएका छन्। महेन्द्रनगरको गल्ली नम्बर ४ मा रहेको रारा होटलमा साथीसँगै सुतेका एक युवक मृत भेटिएका हुन् ।

होटलको ६ नम्बर कोठामा भीमदत्त नगरपालिका १का किसन साउँद मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।
‘साथीसँग होटलमा सुतेका रहेछन्, सुतेकै अवस्थामा मृत भेटिएका हुन्,’ उनले भने, ‘सँगै सुतेका साथी मृतकका दाजुलाई खबर गरेर घर गएछन् ।’
मृतको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
