धनगढी आईपुगे‌‌ राजपरिवार सहित पुर्व राजा ज्ञानेन्द्र

अत्तरिया : पुर्व राजा ज्ञानेन्द्र शाह कैलालीको धनगढी आईपुगेका छन्। सुदुरपश्चिम भ्रमणका क्रममा नेपालगन्जबाट सडक मार्ग हुँदै राजपरिवार सहित पुर्व राजा शाह आफैंले ड्राइभ गरेको मोटरमा आज बेलुकी धनगढी आईपुगेका हुन् ।

उनलाई चिसापानी-अत्तरिया सडकको ठाउँ ठाउँमा स्थानीयले स्वागत गरेका थिए । अत्तरिया चोकमा राजालाई स्वागत गर्ने भन्दै राजा समर्थकहरु लाईनबद्द भएर हातमा फुल समातेर बसेका थिए तर राजा सवार गाडि सिधै धनगढी गएको थियो ।

अत्तरिया चोकमा पुर्व राजाको स्वागतको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरु संगै राजा समर्थकहरुको ठुलो उपस्थिती रहेको थियो । राप्रपाकी सुदुरपश्चिम प्रदेश सांसद माया बिष्ट पनि पुर्व राजा लाई स्वागत गर्न लाईनमा बसेकी थिईन ।

यस अघि पुर्व राजाको स्वागतमा बसेकाहरुले मेचि महाकाकाली के भन्छ राजतन्त्र ल्याउ भन्छ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, चाहियो चाहियो राजा चाहियो भन्दै नारा समेत लगाएका थिए ।

भोली दिउँसो ३ बजे धनगढी रङ्गशाला अर्थात् कभर्ड हलमा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ । पूर्व राजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मुल समारोह समिति गठन भएको छ ।

पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा मुल समारोह समति गठन भएको नागरिक अभिनन्दन समारोहका सञ्चार संयोजक ललित जोशीले बताए ।

यस अघि पूर्व राजपरिवार ६ गते धनगढी पुग्ने र ७ गते धनगढी रङ्गशालामा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको थियो तर, नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द र आन्दोलन घोषणा गरेकाले भ्रमण स्थगित भएको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.